Logo
|
Wednesday 24th April 2024
Logo

epaper

विश्व हेपाटाइटिस दिवस २०२२ः ‘म पर्खन सक्दिन’



जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व हेपाटाइटिस दिवस । हरेक वर्ष २८ जुलाइमा यस रोगबाट बच्न र बचाउन सचेत गराउने उद्देश्यले विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यस वर्ष ‘म पर्खन सक्दिन’ भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा विश्व हेपाटाइटिस दिवस २०२२ मनाइँदै छ ।


हेपाटाइटिस कलेजोको रोग हो । कलेजो हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो जसले पाचन प्रक्रियाका साथै रगतबाट विषाक्त पदार्थलाई सफा गर्न मद्दत गर्छ ।


तर, हेपाटाइटिस संक्रमणले कलेजो सुन्निन्छ र कलेजोमा असर गर्छ । यसले कलेजोको क्यान्सरलगायत गम्भिर रोगसमेत गराउन सक्ने विश्व स्वास्थ्य संगठनले बताएको छ । हेपाटाइटिस एक गम्भीर र ज्यान जोखिममा पार्ने रोग हो, जसको उपचार पनि आम बिरामीलाई निकै महँगो पर्छ । अतः हेपाटाइटिसको कारण थाहा पाएर समयमै उपचार र रोकथामका उपायहरू अपनाउन जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्