८६८ जना नयाँ संक्रमित थपिँदा ४१४ संक्रमणमुक्त, ३ जनाको ज्यान गयो

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ८६८ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको परीक्षणमा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।
यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।