डिआई स्किन हस्पिटलमा कपाल प्रत्यारोपण शुरु

जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको बाँसबारीस्थित डिआई स्किन हस्पिटलमा कपाल प्रत्यारोपाण सेवा शुरु भएको छ । कपाल प्रत्यारोपणविद् डा. सुचना मरहट्ठाको टिमले सो सेवा शुरु गरेको हो ।
एउटै छातामुनि सहज वातावरण र सुलभ मूल्यमा कपाल प्रत्यारोपण सेवा शुरु गरिएको अस्पतालका अध्यक्ष वरिष्ठ छाला रोग विशेषज्ञ प्रा.डा. अनिलकुमार झाले बताउनुभयो ।
कपाल प्रत्यारोपण सफल बनाउन पाइला पाइलामा डाक्टरको सल्लाहको जरुरत पर्ने र अधिकतम परिणाम उपलब्ध गराउन अनुभवी डाक्टरको समूह आवश्यक पर्ने भएकाले यो सबै सेवा हस्पिटलमा उपलब्ध भएको डा. सुचनाले बताउनुभयो ।
साउनको पहिलो साताबाट हालसम्म अस्पतालमा ६ जनाभन्दा धेरैले कपाल प्रत्यारोपण सेवा लिन सफल भइसकेका छन् । करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको अत्याधुनिक डिआई स्किन हस्पिटलमा दैनिक ३ सयको हाराहारीमा छाला तथा सौन्दर्यसम्बन्धी उपचारका लागि बिरामीहरुको भिड हुने गरेको छ ।