Logo
|
Friday 26th April 2024
Logo

epaper

सफल कपाल प्रत्यारोपणको राज




जनस्वास्थ्य सरोकार, काठमाडौँ । धेरैजसो केटा मान्छेमा तालुको सबै कपाल झरेर पछाडिपट्टीको पट्टीजति भाग मात्र रहेको पाइन्छ । वास्तवमा कपाल झर्नुमा टेस्टोस्टेरोन हर्मोनको भूमिका महत्वपूर्ण रहन्छ ।

टेस्टोस्टेरोन हर्मोन आफैं सक्रिय हुँदैन । यसलाई कपालको फेदमा हुने फाइभ अल्फा रिडक्टेज इन्जाइमले डाइहाड्रोटेस्टोस्टेरिन हर्मोनमा परिणत गरिदिन्छ जसले गर्दा कपाल झर्न थाल्छ । यो अगाडिको भागको कपालमा मात्र हुने गर्छ । तर पछाडिको भागमा उक्त इन्जाइम हुँदैन ।


कपाल प्रत्यारोपणको सिद्धान्तमा टेस्टोस्टेरोन हर्मोनले असर नगर्ने पछाडिको कपाल ल्याएर रि—डिस्ट्रिब्युट गरिन्छ । कहिलेकाँही अवस्था अनुसार दाह्रीको र टाउकाको पछाडिको भागको कपाल मिश्रण गरेर पनि प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।

टेस्टोस्टेरोन हर्मोनले पुरुषको शरीरमादाह्री जुंगा ल्याउने र पुरुषको जस्तो शारीरिक बनोट बनाउने काम गर्छ ।
प्रत्यारोपण गरिएको कपाल २ हप्तासम्म बढ्छ ।

दुई हप्तापछि पुनः यो सबै झर्छ । त्यसपछि ३ महिनाबाट कपाल पलाउँदै आउँछ । डेढ वर्षमा अधिकतम परिणाम आइसक्छ । कपाल प्रत्यारोपण सफल बनाउन पाइला पाइलाको डाक्टरको सल्लाहको जरुरत पर्छ । अधिकतम परिणाम उपलब्ध गराउन अनुभवी डाक्टरको समूह आवश्यक पर्छ ।

कपाल प्रत्यारोपण गर्दा प्रति ग्राफ्ट ७०—९० रुपियाँको अनुपातमा खर्च हुन्छ । हामीले साउनको पहिलो साताबाट हालसम्म ६ जनाको कपाल प्रत्यारोपण गर्न सफल भइसकेका छौं ।

(डा. सुचना काठमाडौंको बाँसबारीस्थित डिआई स्किन हस्पिटलमा एसोसिएट प्रोफेसर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्