Logo
|
Friday 3rd May 2024
Logo

epaper

अनशनरत डा. केसी आफ्नै खर्चमा काठमाडौं आउँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी बुधबार आफ्नै खर्चमा काठमाडौं आउने भएका छन् ।

सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गर्न खोज्दा अस्वीकार गरेका उनी आफ्नै खर्चमा ४ः४५ बजे उडानमार्फत धनगढीबाट काठमाडौं आउन लागेका हुन् ।

सरकारले अनशनरत डा केसीलाई काठमाडौं ल्याउन मंगलबारदेखि नै प्रयास गरेको थियो । त्यसका लागि सेनाको हेलिकप्टर धनगढी विमानस्थल पुगेको थियो ।

तर, १० दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ बुँदे माग राखेर आमरण अनशनमा रहेका डा केसीले सेनाको हेलिकप्टरमा काठमाडौं आउन मानेका थिएनन् ।

केसीको स्वास्थ्य स्थिति झन् जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले मंगलबार दिउँसो हेलिकप्टर धनगढी पठाएको थियो ।

स्वास्थ्यमा जटिलता देखिएपछि डा केसीलाई सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो । उनको पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको पनि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्