Logo
|
Friday 29th March 2024
Logo

epaper

गर्भावस्थामा डाक्टरलाई सोध्न नभुल्नुस् है



जनस्वास्थ्य सरोकार । गर्भावस्था महिलाहरुको जीवनको एक विशेष यात्रा हो । यस यात्रामा शारीरिक, भावनात्मक, मानसिक र हर्मोनल परिवर्तनहरू आउँछन् ।गर्भावस्थामा ध्यान दिनुपर्ने कुराहरू धेरै छन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरसँग गर्भवती भएको थाहा हुने बित्तिकै पहिलो भेट गर्नुपर्दछ । यसैगरी २८ हप्तासम्म महिनाको एकपटक भेट्नुपर्छ भने ३६ हप्ता सम्म हरेक २ हप्तामा र ३६ हप्तापछि डेलिभरी सम्म हरेक हप्ता भेट्नुपर्छ ।


जन्मपूर्व पहिलो भेटमा निश्चित रगत, पिसाबको र अरु जाँचहरु गर्नुपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार गर्भावस्थामा पहिलो र अन्तिमको ३ महिना हेमोग्लोबिन ११ जीएम/डिएल हुनुपर्छ भने बीचको ३ महिना १०.५ जीएम/डिएल हुनुपर्छ । गम्भीर रक्तअल्पतामा गर्भावस्थामा समयभन्दा अगाडि व्यथा लाग्ने, बच्चाको तौल कम हुने र पोस्ट पार्टमा डिप्रेसन हुने सम्भावना एकदम धेरै हुन्छ ।


योजनाबद्ध गर्भावस्थामा गर्भवती हुनुभन्दा ३ महिना अघि देखि फोलिक एसिडको प्रयोग गर्नुपर्दछ र गर्भावस्थाको पहिलो ३ महिनासम्म यसको प्रयोग जारी राख्नुपर्छ । फोलिक एसिडले बच्चामा हुने न्युराल ट्यूब डिफेक्ट, एनिसेफाली र स्पाइनविफिडाको घटना ८५ प्रतिशतले घटाउँछ ।


गर्भवती भएको थाहा हुने बितिकै भ्रुण कहाँ बसेको छ भन्ने थाहा हुनुपर्छ । कहिलेकाहीं भ्रुण पाठेघर भित्र नभएर अन्डासय वा फालोपियन ट्यूबमा बस्नसक्छ । यसलाई एक्टोपिक प्रेग्नेन्सी भनिन्छ । यसका लागि अल्ट्रासाउन्ड गर्न जरुरी छ ।


पहिलो तीन महिनामा एकचोटि, बीचको तीन महिनामा एकचोटी र पछिल्लो तीन महिनामा एकचोटी गरी ३ देखि ४ वटा अल्ट्रासाउन्ड गरिन्छ तर आमा या बच्चामा कुनै समस्या छ भने सोहि अनुसार अल्ट्रासाउन्डको मात्रा बढ्न सक्छ ।


गर्भावस्थामा दुइ जीउको भन्दै चाहिने भन्दा धेरै मात्रामा खाना खान हुँदैन । अत्यधिक वजन बढ्दा अरु मेडिकल जटिलताहरु हुने सम्भावना बढेर जान्छ ।


सामान्य गर्भावस्थामा पहिलो ६ महिना ३००—३५० क्यालोरी औषत थप्नुपर्छ भने पछिल्लो ३ महिनामा ५०० क्यालोरी थप्दा पर्याप्त हुन्छ । खानेकुरामा हलुंगो,पौष्टिक र सजिलै पच्ने खाना खानुपर्छ । प्रोटिन, मिनरल, भिटामिन, जिंकयुक्त खाना खानुपर्छ । जस्तै हरियो सागसब्जी, फलफूल, दूध, माछा मासु, अण्डा, डेरी प्रोडक्ट, सेरियलस्, नट्स, काजु, अल्मंड, गेडागुडी, चना, पोखरीको माछामा मरकरी हुँदैन । त्यसैले यो खान मिल्छ ।


गर्भावस्थामा धूम्रपान गर्नाले गर्भ खेर जाने अथवा पछि बच्चाको तौल कम हुनेसमेत डर हुन्छ । यसैगरी गर्भावस्थामा मदिरा सेवनले पनि बच्चाको विकास नहुने सम्भावना हुन्छ ।


त्यसैले गर्भावस्थामा राति ८ घण्टा र दिउँसो २ घण्टाको निन्द्रा आवश्यक पर्छ ।


((डा. कट्वाल एक दशकदेखि पूर्वी क्षेत्र झापालाई आधार बनाएर स्त्री क्यान्सर रोगको उपचार र शल्यक्रिया गर्दै आउनुभएको छ । विभिन्न अस्पतालहरुबाट सेवा प्रदान गर्दै आउनुभएकी कट्वालको बिर्तामोडमा सुविधासम्पन्न डा. प्रियंका क्लिनिक सञ्चालनमा आउँदैछ । हाल उहाँलाई ९८१९०९०११५ मा कल गरेर भेट्न सकिन्छ ।)

प्रतिक्रिया दिनुहोस्