बुधबार १६ जनामा कोरोना भाइरस पुष्टि, ६ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित
जनस्वास्थ्य सरोकार, काठमाडौं । बुधबार १६ जनामा कोराना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुल एक हजार १ सय १७ जनामा गरेको २४ घण्टाको परीक्षणमा सो तथ्य पुष्टि भएको हो । सो अवधिमा ३५ जना संक्रमणमुक्त भएका छन् ।
हाल ६ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको बताइएको छ ।