Logo
|
Thursday 28th March 2024
Logo

epaper

इन्टरनेटको लतले निम्त्याउन सक्छ यस्ता जटिल स्वास्थ्य समस्या



जनस्वास्थ्य सरोकार, काठमाडौँ । इन्टरनेट सूचना, मनोरञ्जन र ज्ञानको भण्डार हो । तर इन्टरनेट सही सदुपयोग गर्न नसकेमा वा अत्याधिक प्रयोग गरेमा मानिसलाई यसको लत नै लाग्दछ ।

अत्याधिक इन्टरनेटको प्रयोगले प्रयोगकर्ताको एकाग्रता, सम्झना शक्ति र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पर्ने चिकित्सकहरु बताउँछन् । इन्टरनेटको प्रयोगले मस्तिष्कको संरचनामा समेत नकारात्मक प्रभाव पर्ने उनीहरुको ठम्याई छ ।

इन्टरनेटले मष्तिकको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई प्रभावित पार्दछ र बिस्तारै मानिस यसको लतमा फस्ने गर्दछन् । अधिकांश अभिभावकमा सन्तानमा भएको इन्टरनेटको लतका कारण चिन्तित छन् ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा सन् २०१८ मा जारी निर्देश अनुसार, साढे दुई वर्ष भन्दा मुनीका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी इन्टरनेट वा स्क्रिनमा बिताउन दिन नहुने तर्क गरेको छ । यसले बालबालिकालाई बिस्तारै ‘साइबर एडिक्ट’ बनाउने विज्ञको तर्क छ ।

इन्टरनेटको लत रक्सी र चुरोटको कुलत जस्तै हुन्छ । इन्टरनेटको लत लागेकाहरूमा तनाव र निन्द्रा बढ्दै जाने चिकित्सक बताउँछन् । 

यसका साथै अधैर्य हुने, छटपटाहट, बेचैनी बढ्ने, तनाव र डिप्रेसन पनि बढाउँछ । तसर्थ धेरै समयमा इन्टरनेटमा बिताउनेहरूले समय मै सचेत हुन आवश्यक छ ।

इन्टरनेट वा स्मार्ट फोनका लतले गर्ने असर अरु मानसिक समस्यामा जस्तै एउटा मात्रै कारण यसमा भन्न सकिदैन । इन्टरनेटको लत विभिन्न प्रकारका जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारणको समिश्रणले गर्दा हुन सक्छ । 

मानसिक लक्षण     

-तनाव, चिन्ता तथा बेचैनी, उदासीनता ।   

-निन्द्राको समस्या ।

-थकान महशुस हुनु ।

-रक्सिको दुरुपयोग बढ्नु ।

-कुनै कुरामा राम्ररी ध्यान केन्द्रित गर्न कठिन पर्ने वा कुनै नयाँ रचनात्मक कार्य गर्न गाह्रो पर्ने 

-ध्यान केन्द्रित गर्न समस्या हुने ।

शारीरिक लक्षण     

-ढाड दुख्ने ।     

-टाउको दुख्ने ।     

-घाँटी र गर्दन दुख्ने ।     

-आँखामा समस्या ९सुख्खापन र देख्नमा समस्या० ।     

-खान मन नहुने ।     

-वजन वा तौल घट्ने ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्