Logo
|
Friday 26th April 2024
Logo

epaper

‘जसको दाँत सबल उसको जीवन सफल’-डा. सुवास घिमिरे



डा. सुवास घिमिरे, दन्त रोग विशेषज्ञ, ॐ समाज डेन्टल हस्पिटल

राम्रो खाने पनि मुख नराम्रो खानेपनि मुख, राम्रो बोल्नेपनि मुख नराम्रो बोल्ने पनि मुख । स्वस्थ मुखले मनोवैज्ञानिक रुपमा फिट राख्न मद्धत गर्छ ।

मुख स्वास्थ्यको राम्रो हेरचाह र खानपान नियन्त्रण गर्न सकेमा झण्डै ९० प्रतिशत रोग लाग्नबाट बच्न मद्धत गर्छ । त्यसैले मुख स्वास्थ्यबारे सचेत हुन जरुरी छ ।

यसलाई मध्यनजर गरी हामीले ‘जसको दाँत सबल उसको जीवन सफल’ भन्ने देशव्यापी अभियान सञ्चालनमा ल्याएका छौं । मुख स्वास्थ्यको राम्रो हेरचाह र नियन्त्रण गर्न सकेमा ‘शरीर स्वच्छतताको बोनस प्राप्त हुन्छ’ भन्ने हाम्रो मान्यता हो ।मुख स्वास्थ्यको ख्याल गर्न नियमित शारीरिक व्यायाम र योगअभ्यास गर्न जरुरी हुन्छ । यसले अन्य कुनैपनि रोग लाग्न नदिन मद्धत गर्छ ।


शरीरलाई असर गर्ने खाना वहिष्कार


मुख स्वास्थ्यलाई ध्यानमा राखेर प्राकृतिक खानेकुरा सेवन गर्नुपर्छ । खानामा प्रशोधन नगरी, काँचै खान मिल्ने खानेकुरा समावेश गर्नुपर्दछ । मुख र शरीरलाई असर गर्ने खाना वहिष्कार गर्नुपर्छ । चिनिजन्य खानेकुरा, धुम्रपान, मद्यपान, गुट्का पान आदिको सेवन गर्नुुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।


ग्लुटनरहित खानेकुरा सेवन


सबै रोगको जड मुखभित्रको प्लग (लेउ) हो । प्लगमा ब्याक्टेरियाहरु जम्मा भएर बस्छन् । दिउँसो मुख चलायमान हुने भएकाले धेरै थुक निस्कन्छ । यसले मुख सफा राख्न र व्याक्टेरियालाई मार्न मद्धत गर्छ । राति मुख चलायमान नहुने भएकाले थुक बन्न पाउँदैन र व्याक्टेरिया जम्मा भएर बस्छन् । बिहान प्लगमा ब्याक्टेरियाले हाइड्रोजन सल्फाइड उत्पादन गर्छ । त्यसैले मुख धेरै गन्हाउँछ । हामीले उक्त ब्याक्टेरियालाई सफा गर्न बिहान उठ्ने बित्तिकै ब्रस गर्नुपर्छ । सामान्य मानिसले दिनको दुइपटक ब्रस गरे पुग्छ । यदि तपाईलाई इम्युन सिस्टम कमजोरी भएका रोग छन् भने हरेक पटक खाना खाएपछि ब्रस गर्न जरुरी हुन्छ । यसले पिडिस्कोजन फ्याकलको काम गर्छ ।

हामीले खाने दालभात, तरकारी, अचार र सलाद मुख स्वास्थ्यका लागि फाइदाजनक छन् । खाँदा दाँतमा टाँसिदैन । गहुँको रोटीहरु टाँसिन्छन् । दाँतमा लेयर भएर बस्छ । ग्लुटनयुक्त खानाले ब्याक्टेरियालाई बढावा दिन्छ । त्यसैले ग्लुटनरहित खानेकुरा सेवन गर्नुपर्दछ ।


ब्रस गर्न नभूलौं


राति खाना खाइसकेपछि ब्रस गरेर मात्र सुत्नुपर्छ । बिहान उठ्ने बित्तिकै ब्रस गरेर मात्रै केहि खानेकुरा खानुपर्छ । खाली पेट बस्ने मानिसले दिनको तीनपटक ब्रस गर्नुपर्दछ ।

बिहान उठ्ने बित्तिकै प्राय सबैको मुख गन्हाउँछ । राति सुतेको बेला मुख सुक्खा हुन्छ । मुख चलायमान हुन नपाउदा थुक बन्न पाउदैन । थुकमा ब्याक्टेरिया मार्ने एन्टिबायोटिक्स र डाइजेस्टिभ इन्जाइम्स हुन्छन् । राति मुखभित्र थुक कम आउने भएकाले ब्याक्टेरियाहरुको सक्रियता बढी हुन्छ । जसले मुखभित्र व्यक्टेरियाको लेयर बन्छ । यस्ता व्याक्टेरिया अक्सिजनमा बाँच्न नसक्ने हुन्छन् । तर बिहान ब्रस नगरी खाना खाँदा यी ब्याक्टेरिया सिधै पेटमा पुगेर ग्यासट्राइटिसको कारण बन्न सक्छ । दिउँसो लन्च गरेपछि दाँतमा अड्केका खानेकुरा निकाले पुग्छ ।


घातक रोगबाट बच्न मद्धत

जीवनशैली सुधार, शारीरिक व्यायाम र मुख स्वास्थ्यको ख्याल गरेमा पनि क्यान्सर, मिर्गौला रोग मुटुजस्ता घातक रोगबाट बच्न मद्धत पुग्छ । राति सुत्नअघि र बिहान उठ्ने वित्तिकै नियमित ब्रस गर्नुपर्छ । हरेक ३ देखि ६ महिनाको अन्तरालमा दाँतको परीक्षण गराएमा तपाईलाई मुखको रोग लाग्नबाट बच्न मद्धत गर्छ । अस्पतालले हामीले २५ रुपियाँमा सदस्य कार्डको व्यवस्था गरेका छौं जसबाट तपाईंले आजीवन निशुल्क दाँच चेकअप गराउन पाउनुहुनेछ ।

प्राकृतिक खानाले सफा र स्वस्थ्य

ब्रस गरेकै भरले मात्र दाँत सफा हुँदैन । खानेकुरा पनि सबैभन्दा ठूलो ब्रस हो । उदाहरणका रुपमा हामीले स्याउ टोक्दा दाँतमा अड्केका सडेका खानेकुराहरु बाहिर निस्कन्छन् ।

नियमित एउटा स्याउ सेवनले दाँतमा डेन्टल क्याल्कुलस बन्न पाउँदैन ।

पहिलेका मानिसहरु ब्रस नै गर्दैनथे । तर पनि उनीहरुको दाँत बलिया हुन्थ्या । उनीहरु प्राकृतिक खानेकुरा बढी खान्थे । तर अहिलेका मानिसले ब्रस गर्न जाने, उपचार गर्न जाने तर प्राकृतिक खानेकुरा खान बिर्सिए । प्राकृतिक खानेकुराले हाम्रो दाँतलाई सधैँ सफा र स्वस्थ राख्न मद्धत गर्छ ।

प्रतिक्रिया दिनुहोस्