Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र, ८० करोड मानिस संक्रमित हुन सक्ने अनुमान



जनस्वास्थ्य सरोकार, काठमाडौं । चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले यही अवस्था कायम रहेमा आगामी केही महिनामा देशमा १९ देखि ८० करोड मानिस संक्रमित हुन सक्ने अनुमान गरेका छन् ।

एनपीआरको प्रतिवेदनले कोरोनाबाट चीनमा मृत्यु हुनेको संख्या ५ लाख हुनसक्ने बताए पनि चीनको आधिकारिक तथ्याङ्क योभन्दा निकै कम छ ।

चिनियाँ अधिकारीका अनुसार, संक्रमणबाट मंगलबार मात्रै पाँच र सोमबार दुई जनाको मृत्यु भएको छ ।

चीनका जनस्वास्थ्य अधिकारीहरूले आगामी केही महिनामा ८० करोड मानिस कोरोनाबाट संक्रमित हुने र झण्डै पाँच लाख मानिसले मृत्युवरण गर्न सक्ने आकलन गरेको छन् ।

अमेरिकी सञ्चारमाध्यम एनपीआरमा प्रकाशित रिपोर्टमा येल विश्वविद्यालयका जनस्वास्थ्य अनुसन्धानकर्ता तथा चिनियाँ स्वास्थ्य प्रणालीका विशेषज्ञले यो लहरले असर गर्ने बताएका छन् ।

चीनबाहेक जापान र दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, मंगलबार त्यहाँ ११२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ३४९० छ ।

चीनमा कोरोना संक्रमण फैलिएपछि भारतमा पनि त्रास फैलिएको छ । कतिपयले प्रभावित क्षेत्रबाट देशभित्र यात्रा गर्न प्रतिबन्ध लगाउन सुझाव दिएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्