Logo
|
Wednesday 8th May 2024
Logo

epaper

निःशुल्क आँखा शिविरः माथागढीका ३ सय ७५ जना लाभान्वित



जनस्वास्थ्य सरोकार, पाल्पा । पाल्पाको माथागढी गाउँपालिकामा निःशुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविरबाट ३ सय ५७ जनाले विभिन्न सेवा लिएका छन् । दुर्गम क्षेत्रका विपन्न नागरिकका लागि सञ्चालन गरिएको शिविर, पालिकाको वडा नं। ४, ५, ६, ७ र ८ का नागरिकलाई मध्यनजर गर्दै सञ्चालन गरिएको थियो ।

मोतिया विन्दुबाट प्रभावित ४१ जनाको शल्यक्रियापछि आँखा देख्ने भएका छन् । शिविरमा १ सय ४० जना महिलाले पाठेघरको मुखको क्यान्सरको जाँच गराएका छन् । शिविरबाट केही जटिल समस्या देखिएका बिरामीलाई थप उपचारका लागि सिफारिस गरिएको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले बताउनुभयो ।

यस्तै ३१ जनाले परिवार नियोजन सेवा तथा एक जनाले आयुसिडी सेवा लिएको पालिकाका स्वास्थ्य संयोजक केशव जिसीले बताउनुभयो । नेपाल नेत्र ज्योति सङ्घ पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र नेपाल परिवार नियोजन सङ्घ पाल्पा शाखाको समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्