Logo
|
Friday 3rd May 2024
Logo

epaper

स्वास्थ्यमन्त्री गिरीद्धारा भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष उद्घाटन



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालगन्जस्थित भेरी अस्पतालको हेमो डायलाईसिस कक्ष सुरु गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले हेमो डायलाईसिस कक्षको उद्घाटन गर्नुभएको हो ।

कक्षको उद्घाटन गर्दै मन्त्री गिरीले डायलाइसिस सेवा लिइरहेका ५२ वर्षीय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा दिएर स्वास्थ लाभको कामना गर्नुभयो । नयाँ हेमो डायलाइसिस कक्षमा ६ जनाको क्षमता रहेको छ ।

कक्षको उद्घाटन गर्दैै मन्त्री गिरी सिमित स्रोत साधनका बाबजुद पनि भेरी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको बताउनुभयो ।

कार्यक्रममा सरकारको प्रमुख प्राथमिकता सम्पूर्ण नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चत गर्नु भएको उहाँले बताउनुभयो । गरिब र विपन्न क्षेत्रका जनतालाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गर्ने उहाँले जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्