Logo
|
Wednesday 8th May 2024
Logo

epaper

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका विद्यार्थी र प्रहरीबीच झडप



जनस्वास्थ्य सरोकार, काठमाडौ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। विद्यार्थीहरुले आईओएमको डीनको कार्यालयमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झगडा भएको हो ।

चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध र होस्टलको व्यवस्थापनको लागी सोमबारबाट आन्दोलन रहेको बिद्यार्थीहरुले बताएका छन । प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए। सोही क्रममा झडप भएको थियो।

झडपको क्रममा प्रहरीले दुई जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो। तर उनीहरु रिहा भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्