Logo
|
Sunday 19th May 2024
Logo

epaper

संसद भवन अगाडि पेट्रोल छर्केर एक युवकले गरे आत्मदाहको प्रयास, उपचारका लागि लगियो कीर्तिपुर अस्पताल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन अगाडि एक युवकले पेट्रोल छर्केर आत्मदाहका प्रयास गरेका छन् । मंगलबार दिउँसो नयाँबानेश्वरको सडकबीचमै उभिएर ती युवकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन् ।

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्ने युवक इलामका प्रेम प्रसाद आचार्य भएको प्रहरीले जनाएको छ। संसद् भवनबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ सवार गाडी निस्कनेबित्तिकै युवकले आत्मदाहको प्रयास गरेको पनि बताइको छ । तर, उनले के कारण आत्मदाहको प्रयास गरे त्यो भने विस्तृत रुपमा खुलेको छैन ।

आत्मदाहको प्रयास गरेका उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । किन आत्मदाहको प्रयास गरे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्