Logo
|
Sunday 19th May 2024
Logo

epaper

‘समयमै घाउको उपचार नगराउँदा क्यान्सर’



जनस्वास्थ्य सरोकार, काठमाडौं । मजदुरी गरेर जीविका चलाउँदै आउनुभएकी शुक्लाफाँटा नगरपालिका– १० झलारी खल्ला बस्तीकी ३२ वर्षीया पुनम नेपाली उपचार खर्च जुटाउन नसक्दा घरमै थला परेको छ । बायाँ खुट्टामा भएको घाउको समयमै उपचार गराउन नसक्दा नेपालीलाई क्यान्सर भएको छ ।

आर्थिक अभावमा उहाँले उपचार गराउन पाएको छैन । उहाँ पीडा सहदै नेपाली घरमै बस्दै आउनु भएको छ । छोरा एक छोरीकी आमा पुनमलाई श्रीमानले छाडेर गएपछि उपचार गराउने व्यक्ति घरमा छैनन् । “मजदुरी गरी जीविका चलाउन सक्दैन”, उहाले भन्नुभयो “बालबालिका भोकभोकै बस्न बाध्य छन्, उपचार नपाउँदा पीडामा बाँच्न बाध्य छु ।”

उहाँका अनुसार केही दिनका लागि पुग्ने गरी नगरपालिकाको वडा नं ६ का वडाध्यक्ष दानबहादुर ऐरले आफ्नै लगानीमा चामल, दाल, नुन, तेल उपलब्ध गराएको थियो । उपलव्ध गराएको राहत सामग्री सकिएको छ । उहाले भन्नुभयो “बालबालिका भोकभाकै बस्न बाध्य भएका छन् ।”

शुक्लाफाँटा नगरपालिका नगरस्तरीय एकल महिला समूहका अध्यक्ष शान्तिदेवी धामीको पहलमा नेपालीलाई महाकाली प्रादेशिक अस्पताल पु¥याएर घाउ चेकजाँच गराउने कार्य गरिएको छ ।

“सडकमा हिँड्दै रुँदै गरेका बेला फेला पारी नेपालीलाई अस्पताल पु¥याएर घाउ चेकजाँच गराउने कार्य गरेका छौँ”, धामीले भन्नुभयो , “चिकित्सकले क्यान्सर भएको भनेर जवाफ दिएको छ, घरमै दैनिक डे«सिङ गर्ने र पेन किलर दिने कार्य भइरहेको छ”, नेपालीसँग नागरिकता थिएन ।

“नागरिकता नहुँदा निःशुल्क उपचार गराउन सम्भव थिएन, कुनै पनि निकायबाट सहयोग माग्न अप्ठेरो थियो”, उहाँले भन्नुभयो “मतदाता परिचयपत्रका आधारमा नेपालीको नागरिकता बनाएका छौँ”, नगरपालिका संग सहयोगको याचना गरिएको उहाँले बताउनु भयो । राज्यको सेवा सुविधा नेपालीले पाउन भनेर नागरिकता बनाउन सहयोग गरेको उहाँको भनाइ रहेको छ ।

वडाध्यक्ष ऐरले नेपालीलाई सहयोग रकम उपलब्ध गराउनका लागि कार्यपालिका बैठकमा प्रस्ताव पेश रु पाँच हजार जतिको सहयोग हुने बताउनुभयो । उपचार खर्च रकम जुटाउन नसक्दा पुनमको अबस्था अत्यन्तै कष्टकर बन्दै गएको छ ।

देशमा तीन तहको सरकार भए पनि उपचार नपाएरै पुनमको ज्यान जाने खतरा रहेको समूहका अध्यक्ष धामीले बताउनुभयो । “पुनमको उपचारका लागि सहयोग रकम उपलब्ध गराउनका लागि दातृ निकायसँग याचना गर्दछौँ”, उहाँले भन्नुभयो , नेपालीको उपचारसँगै बालबालिकालाई निःशुल्करुपमा पढ्ने र खाने व्यवस्था तत्काल गरिनुपर्दछ ।”

भारतमा श्रीमान्सँगै मजदुर गर्न गएका बेला नेपालीको खुट्टामा घाउ भएको थियो । घाउ बल्झिँदै गएर क्यान्सर भएपछि नेपालीका श्रीमान् सम्पर्कविहीन भएका छन । रासस

प्रतिक्रिया दिनुहोस्