Logo
|
Friday 26th April 2024
Logo

epaper

छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि सहयोगका लागि बालकुमारीको अपिल



जनस्वास्थ्य सरोकार, रामेछाप । रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गर्नुभएको छ ।

मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गर्नुभएको हो । डेढ वर्षदेखि गणेशकुमारका दुबै मिर्गौलाले काम गर्न छाडेको छ । हाल उहाँ काठमाडौँमा उपचाररत हुनुहुन्छ ।

“छोरा गणेशको प्राण बचाउन दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । मेरी कान्छी छोरी मिर्गौला दान दिन तयार छिन् । तर धरौटी राख्न रु पाँच लाख अझै जुट्न सकेको छैन”, उहाँले भन्नुभयो ।

बाइस वर्षीय छोरालाई सक्दो सहयोगका लागि ९८६९२७५८०१ नम्बरमा सम्पर्क गर्न तथा गणेशको नाममा लक्ष्मी बैँकको बनेपा शाखामा रहेको खाता नं ००३२०१५९७१२ मा सहयोगका लागि बालकुमारीले अपिल गनुृभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्