Logo
|
Saturday 27th April 2024
Logo

epaper

राष्ट्रपति पौडेललाई हृदयघातः बन्द भएको मुटुको नसा एन्जिओग्रामबाट खोलियो, अवस्था सामान्य

२४ घण्टाको अव्जर्भेसनपश्चात् भोलि डिस्चार्ज गर्न सकिने अस्पताल श्रोतको भनाइ



जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा एन्जिओग्रामबाट बन्द भएको मुटुको नसा खोलिएको छ ।

आज बिहान ७ बजे भर्ना पश्चात् केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीसहितको चिकित्सकीय टोलीले पौडेलको बन्द भएको मुटुको नसा खोलेको हो ।

एन्जिओग्रामको शुरुवातीको रिपोर्ट राम्रो रहेको अस्पताल श्रोतले जानकारी गराएको छ । २४ अण्टाको अव्जर्भेसनपश्चात् उहाँलार्य भोलित डिस्चार्ज गरिने जनाइएको छ ।

हाल राष्ट्रपति पौडेललाई केन्द्रको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखिएको छ। उहाँ दम र ग्याँष्ट्रिकबाट पनि पीडित हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्