Logo
|
Thursday 23rd January 2025
Logo

epaper

एमाले स्वास्थ्य विभागले बुझायो स्वास्थ्य मन्त्री बस्नेतलाई ११ बुँदे ज्ञापन पत्र



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० स्वास्थ्य तथा जनसंख्या विभागले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापन पत्र बुझाएको छ।

एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको विभागका सदस्यहरुको टोलीले मंगलबार मन्त्री बस्नेतलाई मन्त्रालयमै भेटेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा प्रत्येक अस्पतालले कुल शैयाको १० प्रतिसत शैया विपन्नका लागि निःशुल्क छुट्याएर सम्पूर्ण उपचार निःशुल्क गर्नु पर्ने नियम कडाईका साथ लागु गर्नु पर्ने, स्वास्थ्य विमा कार्यक्रमलाई सहजिकरण गर्नु पर्ने, आधारभूत स्वास्थ्य केन्द्र र आधारभूत अस्पतालहरुको निर्माण चाडो सम्पन्न हुनु पर्ने माग गरिएको छ।

त्यसैगरि चिकित्सक र स्वास्थ्यकर्मीको विदेश पलायन रोक्न विशेष कार्यक्रम ल्याउनु पर्ने, सरुवा रोगको संक्रमण रोक्न पुर्वतयारी गर्नु पर्ने, कर्मचारीको सरुवामा एकरुपता ल्याउनु पर्ने, स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनु पर्ने र डाइलासिस सहित अस्पतालमा हुने अप्रेसनका लागि लामो पालो कुर्नु पर्ने अवस्था अन्त गर्नु पर्ने लगायतका छन्।

एमाले स्वास्थ्य तथा जनसंख्या विभागका सचिव महेन्द्र श्रेष्ठले ज्ञापन पत्र पढेर सुनाएका थिए भने एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले मन्त्री बस्नेतलाई उक्त ज्ञापन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

ज्ञापन पत्र ग्रहण गर्दै स्वास्थ्य मन्त्री बस्नेतले ज्ञापन पत्रमा समावेश गरिएका ११ वटै बुँदाका बिषयमा आफु जानकार रहेको र सुधारका लागि काम अगाडि बढाइसकेको बताउनुभयो । आफुले मन्त्रालय सम्हालेकै दिनदेखि विपन्नको सहज उपचारका बिषयमा चिन्तित भएर लागेको बताउदै हरेक अस्पतालले १० प्रतिशत शैयामात्र निःशुल्क नभएर उपचार पनि निःशुल्क हुनु पर्ने मान्यताका साथ काम भइरहेको र धेरै अस्पतालले लागु पनि गरिसकेको जानकारी दिनुभयो।

सुरुमा विपन्नको मापदण्डका बिषयमा केही कन्फ्युजन देखिएकोमा आफुले अर्को व्यवस्था नभएसम्मका लागि स्थानिय वडाले सिफारिस गरेको आधारमा विपन्नको उपचार निशुल्क उपलब्ध गराउने गरि निर्णय गरेको बताउनुभयो । मन्त्री बस्नेतले १० प्रतिशत निःशुल्क उपचार अभियानलाई कार्यन्वयनमा लैजान खेलेको भूमिकाको एमाले स्वास्थ्य विभाग प्रमुख श्रेष्ठले समेत प्रसंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्