Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

राष्ट्रपतिलाई उपचारका लागि दिल्ली लैजाँदा र ल्याउँदा लागेको खर्च ५५ लाख रुपियाँ भुक्तानी गर्न अर्थमा पत्राचार



जनस्वास्थ्य सरोकार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि नयाँ दिल्ली जाँदा र आउँदा लागेको खर्चको भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिएको छ ।

राष्ट्रपतिलाई गएको वैशाख ६ गते दिल्ली लैजाँदा र ल्याउँदा ५५ लाख २ हजार २७९ रुपियाँ खर्च लागेको थियो । परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयलाई सो रकम भुक्तानीका लागि असार १८ गते सोमबार पत्रकार गरेको हो ।

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लैजादा श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्स र ल्याउँदा नेपाल वायु सेवा निगमको नियमित उडानबाट ल्याइएको थियो ।

त्यतिबेला भारतमा लागेको उपचार खर्च विषयमा चौतर्फी आलोचना भएपछि राष्ट्रपतिको स्वकीय सचिवालयले उपचारका क्रममा लागेको खर्च सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्