Logo
|
Wednesday 22nd January 2025
Logo

epaper

डा. भोला रिजालको ‘सेतो कोट’ पुस्तक सार्वजनिक



जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.भोला रिजालको ‘सेतो कोट’ पुस्तक सार्वजनिक भएको छ ।


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायतका वरिष्ठ चिकित्सकहरूले शनिबार सो पुस्तक लोकार्पण गर्नुभएको थियो ।


‘सेतो कोट’लाई चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल, तर गहन पुस्तकको रूपमा प्रस्तुत गरिएको छ । पुस्तकमा चिकित्सा पेसा, चिकित्सा शिक्षा र चिकित्सा आचारसंहिताको समेत विवेचना गरिएको छ । कुनै व्यक्तिले पढेर डिग्री हाँसिल गर्दैमा मात्र ऊ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरू पनि हुनुपर्छ भन्नेबारे पुस्तकमा चर्चा गरिएको छ ।

पुस्तकमा डा. रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुभएको छ भने मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

लामो समय चिकित्सा पेसामा बिताएका डा. रिजालले चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने व्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायराबारे पुस्तकमा विवेचना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्