Logo
|
Saturday 27th July 2024
Logo

epaper

जाजरकोटमा भाइरल तथा टाइफाइडका बिरामी बढे



जनस्वास्थ्य सरोकार, जाजरकोट । नलगाड नगरपालिका ४ स्यालपाटाकी हजारी वली बिरामी परेर थलिएको दुई हप्ता बित्यो । वलीलाई ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लगायत समस्या देखिएको छ ।

घरमै घरेलु उपचार गरेर निको नभएपछि वलीलाई नलगाड ३ कैना स्थित निजी मेडिकलमा लिएर उपचार गरेको उहाँका श्रीमान गोविन्द वलीले बताउनुभयो ।

यसैगरी टोपबहादुर पन्तलाई पनि ज्वरो, टाइफाइड, रुघाखोकीले सताएको छ । पन्त एक हप्तादेखि बिरामी परेर थलिनु भएको छ । पन्नले नगर अस्पताल दल्लीमा गएर उपचार गराउनु भयो । चिकित्सकले टाइफाइड भएको बताए । वली र पन्त त बिरामी केही प्रतिनिधि उदाहरण मात्र हुन । गाउँ भर यसैगरी बिरामी थलिएका छन् ।

स्वास्थ्य संस्थाहरूमा दैनिक भाइरल ज्वरो, टाइफाइड, मौसमी रुघाखोकीलगायत बिरामीको चाप बढ्दै गएको स्वास्थ्य चौकी लहँका इन्चार्ज भुपेन्द्र राज गिरीले बताउनु भयो । मौसम परिवर्तन भएसँगै स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढिरहेको छ, गिरीले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्