Logo
|
Saturday 27th July 2024
Logo

epaper

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सम्झौता भएको छ। परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवाली र प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले अनुसन्धानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापत्रमा कर्णाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको विषयमा बृहत अनुसन्धान सुरु गर्ने विषय उल्लेख छ। स्वास्थ्यका अन्य विषय तथा रोगका विषयमा पनि परिषद् र प्रतिष्ठानले संयुक्त रुपमा अनुसन्धान गर्ने विषय पनि सम्झौतामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्