Logo
|
Thursday 24th October 2024
Logo

epaper

वरिष्ठ जिआई सर्जन प्रा.डा. शर्मा सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्षमा निर्वाचित



जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ ग्याष्ट्रोइन्टेस्टाइन (जिआई) सर्जन प्रा.डा. सुनिल कुमार शर्मा ढकाल सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्षमा निर्वाचित हुनुभएको छ । यसअघि सोसाइटीको अध्यक्षमा श्रीलंकाका प्रा.डा. लामावंशा हुनुहुन्थ्यो ।

वरिष्ठ ग्याष्ट्रोइन्टेस्टाइन (जिआई) सर्जन प्रा.डा. सुनिल कुमार शर्मा ढकाल

श्रीलंकाको कोलम्बोमा सम्पन्न ५२ औं ‘श्रीलंका सर्जिकल कंग्रेस’ सम्मेलनमा डा. शर्मा अगामी दुई वर्ष (सन् २०२४—२०२५) का लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । नेपालबाट सार्क सर्जिकल केयर सोसाइटीको अध्यक्ष बन्ने प्रा.डा.ढकाल दोस्रो व्यक्ति हुनुहुन्छ ।

नवनिर्वाचित अध्यक्ष प्रा.डा.शर्मा सोसाइटी अफ सर्जन्स नेपालका अध्यक्ष पनि हुनुहुन्छ । कलेज अफ सर्जनद्धारा आयोजित उक्त श्रीलंका सर्जिकल कंग्रेस सम्मेलन कोलम्बो विश्वविद्यालयको युसिएफ टावर मेडिसिन संकायमा गत सेप्टेम्वर १४ देखि १६ सम्म सफलतापूर्वक सम्पन्न भएको थियो ।

‘भविष्यका सर्जनहरुलाई तालिम’ भन्ने नारासहित सम्पन्न सो सम्मेलन रोयल कलेज अफ सर्जन्स अफ एडिनवर्ग र सर्जिकल केयरमा क्षेत्रीय सहयोगका लागि दक्षिण एसियाली संघ जस्ता प्रतिष्ठित संस्थाहरुको सहकार्य, रोयल कलेज अफ फिजिसियन र सर्जनहरुको सहयोग र सहभागितामा भएको थियो । सम्मेलनमा ग्लास्को, इन्डोस्कोपिक एण्ड ल्याप्रोस्कोपिक सर्जन्स अफ एसिया, सर्जनहरुका लागि अन्तर्राष्ट्रिय समाज र अन्य भगिनी कलेज र संघ संस्थाहरु सहभागी थिए ।

A group of 15 delegates attending the Sri Lanka Surgical Congress conducted by the College of Surgeons of Sri Lanka (24th to 26th November 2022) visited the SAARC Surgical Care Society Headquarters on 25thNovember. The members of the group included Prof Abdul Majeed Chaudhry from Pakistan, Prof Sunil Kumar Sharma, President Society of Nepal (SSN), Dr Bikal Ghimire, Secretary (SSN), Prof Arjuna Aluvihare, Prof Bawantha Gamage, Secretary General of the SARC SCS and other Surgical doctors from Sri Lanka as well as abroad.

सोसाइटी सार्क मुलुकका सर्जनहरूको अनुभव तथा प्रविधि आदानप्रदान र विभिन्न देशहरूसँगको सम्बन्ध विकासका लागि सन् १९९० मा स्थापना गरिएको संस्था हो । सन् १९९४ देखि नेपाल पनि यसमा जोडिएको थियो । प्रा.डा. शर्मा जिआई सर्जरीमा अब्वल हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्