Logo
|
Friday 26th July 2024
Logo

epaper

डाक्टरमाथि कुटपिटः काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ कार्यान्वयन हुनुपर्ने माग



जनस्वास्थ्य सरोकार, काठमाडौं । डाक्टरमाथि भइरहेको कुटपिटको विरोधमा चिकित्सकहरु आन्दोलित भएका छन् । उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनमा पाटन, वीर अस्पतालगायतका चिकित्सकहरु सहभागी रहेका छन् ।

प्रदर्शनका क्रममा जेल विथ आउट वेल लागू गर, चिकित्सकको सुरक्षाको ग्यारेन्टी गर, स्वास्थ्यमन्त्री राजीनामा दे, गृहमन्त्री राजीनामा दे, डाक्टर एकता जिन्दावाद लगाएका नारा लगाएका थिए । उनीहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एकजना बिरामीको मृत्यु भएको रिसको झोकमा आफन्तबाट डाक्टर कुटिनुका साथै अस्पतालसमेत तोडफोड गरेका थिए । सोही दिन लमजङ जिल्ला अस्पतालमा वेशीसहर नगरपालिकाका—७ का वडाअध्यक्ष ऋषिराम बस्नेतले डाकटरलाई कुटेका थिए । उनलाई प्रहरीले पक्राउ गरिसकेको छ । हेटौंडाको सञ्चो अस्पतालमा गत भदौ २७ गते २ जना डाक्टर कुटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्