Logo
|
Friday 26th July 2024
Logo

epaper

सुदूरपश्चिम प्रदेश सरकारले ९ जना विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति प्रदान गर्ने

इच्छुक विद्यार्थीहरुले कागजातसहित मंसिर २० गतेभित्र आवेदन दिन सक्ने



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले ९ जना विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले एक सूचना जारी गर्दै आवेदन दिन आह्वान गरेको छ ।

मन्त्रालयको उच्च शिक्षा महाशाखाले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८०/८१ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउने जनाएको छ ।

खुला ५, महिला १, दलित १, थारु तथा राना थारु १ र आर्थिक रुपले बिपन्न खसआर्यतर्फ १ जनालाई छात्रवृत्ति दिइने प्रदेश सरकारले जनाएको छ।

इच्छुक विद्यार्थीहरुले कागजातसहित मंसिर २० गतेभित्र आवेदन दिन सक्नेछन्।

No description available.

प्रतिक्रिया दिनुहोस्