Logo
|
Saturday 26th October 2024
Logo

epaper

सर्वोच्च अदालतले माग्यो वीरबाट डा. पौडेललाई हटाउनुको कारण, अन्तरिम आदेशका लागि छलफलमा बोलायो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग गरेको छ।

बिहीवार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले डा. पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउनुको कारण माग गरेको हो।

अदालतले डा. पौडेलका सर्न्दभमा अन्तरिम आदेशका लागि सरोकारवालाई छलफलमा समेत बोलाएको छ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले बिहीवार मन्त्रिस्तरीय निर्णय गर्दै उहाँलाई वीर अस्पतालको निर्देशक पदबाट हटाउनुभएको थियो ।

मन्त्रिस्तरीय निर्णयका आधारमा मन्त्रालयले डा. पौडेललाई निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजीर हुन भन्दै पत्र पठाएको थियो।

त्यलगत्तै डा. पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्