Logo
|
Friday 26th July 2024
Logo

epaper

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा पुनः अस्पताल भर्ना, केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने



जनस्वास्थ्य सरोकार, हेटौँडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा पुनः अस्पताल भर्ना हुनुभएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँ अस्पताल भर्ना हुनुभएको हो ।

मङ्सिर २३ गतेदेखि २७ गतेसम्म हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल, चाबहिलमा उपचारार्थ भर्ना हुनुभई स्वास्थ्य अवस्थामा सुधार आएपछि उहाँ डिस्चार्ज हुनुभएको थियो ।

स्वास्थ्यमा पुनः समस्या देखिएपछि पुनः अस्पतालमा उपचारार्थ भर्ना हुनुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसअघि स्वास्थ्य परीक्षणका क्रममा प्रमुखमा निमोनिया पनि देखिएको थियो । प्रमुख शर्मालाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्