Logo
|
Saturday 27th July 2024
Logo

epaper

गेटा मेडिकल विश्वविद्यालय भाँड्न खोज्ने डा. केसीको सर्वत्र विरोध हुनुपर्छ: भीम रावल



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको विपक्षमा रहेको भन्दै सर्वत्र विरोधको लागि आह्वान गर्नुभएको छ ।

पछिल्लो समय सुदूरपश्चिममा गेटा मेडिकल विश्वविद्यालय बन्न नदिन अनसन बस्न पुग्नुभएका डा. केसीको विरोधमा रावलले मुख खोल्नुभएको हो ।

डा. रावलले भन्नुभएको छ–‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ ।’

प्रतिक्रिया दिनुहोस्