Logo
|
Friday 26th July 2024
Logo

epaper

श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बारे सजग रहनु : डब्लुएचओ

मास्क र सामाजिक दूरीसम्बन्धी नियम लागू गर्न र कडा अनुगमन गर्न सदस्य राष्ट्रहरुलाई अनुरोध



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोग र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बाट सजग रहन अनुरोध गरेको छ ।

डब्ल्यूएचओका कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको सामाजिक सञ्जालमा एक भिडियो पोष्ट गर्नुहुँदै भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको र यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न सदस्य राष्ट्रहरुलाई अनुरोध गर्नुभएको हो ।

अहिले पनि कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरियन्ट जेएन-१ बाट भएको डब्लूएचओले जनाएको छ । उहाँले सदस्य राष्ट्रहरूलाई मास्क र सामाजिक दूरीसम्बन्धी नियम लागू गर्न र कडा अनुगमन गर्न पनि आग्रह गरेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्