Logo
|
Saturday 27th July 2024
Logo

epaper

डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकमा पुनर्वाहली गर्न सर्वोच्चको अन्तरिम आदेश



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पतालको निर्देशकमा डा. सन्तोष पौडेललाई पुनर्वाहली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

यो आदेशसँगै वीरको निर्देशकबाट हटाइनुभएका डा. पौडेललाई पुनः वीर अस्पतालमा पुनर्वहाली हुने बाटो खुलेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गत मंसिर १५ मा वीर अस्पतालका कार्यकारी निर्देशकबाट डा. पौडेललाई हटाउने निर्णय गर्नुभएको थियो । लगत्तै डा. पौडेलले पुनर्वहालीको माग राख्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्