Logo
|
Friday 26th July 2024
Logo

epaper

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलालाई निलम्बन नगर्न सर्वोच्चको अन्तरिम आदेश



जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन नगर्न आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोरखेलको इजलासले बसौलालाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको हो ।

पदीय जिम्मेवारी पूरा नगरेको भन्दै बसौलालाई मन्त्रिपरिषद्को गत असोज २४ गते बसेको बैठकले तीन महिनाका लागि निलम्बन गरेको थियो ।

अदालतको यो आदेशपछि बसैलालाई निलम्बन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्णय तत्काललाई कार्यान्वयन नहुने भएको छ ।

त्यसबेला स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार उहाँलाई तीन महिनाका लागि निलम्बन गरिएको थियो । बसौलाले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ४ गते तीन दिनको म्यादसहित ११ बुँदे स्पष्टीकरण सोधेको थियो ।

बसौला निलम्बित भएसँगै सञ्चालक समितिका ५ जना सदस्यले पनि पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्