Logo
|
Saturday 27th July 2024
Logo

epaper

नवौं नेपाल फर्मा एक्स्पो फागुनको अन्तिम साता चितवनमा, ३० हजारले अवलोकन गर्ने अपेक्षा

औषधि उत्पादनमा प्रयोगमा ल्याइएका धेरै किसिमका नयाँ प्रविधि प्रदर्शन गरिने




जनस्वास्थ्य सरोकार,काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा नवौं नेपाल फर्मा एक्स्पो २०२४ फागुुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ । चितवन प्रदर्शनी केन्द्र भरतपुमा हुने एक्स्पोमा करिब ३० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने संघले जनाएको छ ।

राजधानी बाहिर गरिएको यो एक्स्पो तेस्रोपटक हो । यसअघि सातौं र आठौं नेपाल फर्मा एक्स्पो पनि सोही ठाउँमा भएको थियो । हरेक दुई वर्षको अन्तरमा एक्स्पोको आयोजना गरिदै आएको छ ।

नेपालमा उत्पादन भइरहेका औषधि उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलता बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधि उत्पादनलाई अन्तराष्ट्रियस्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्न, औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने एक्स्पोको उद्धेश्य रहेको संघका अध्यक्ष महेश प्रधानले बताउनुभयो ।

महेश प्रधान-अध्यक्ष, नेपाल औषधि उत्पादक संघ

नेपाल फर्मा एक्स्पो २०२४ का संयोजक प्रभात रुंगटाले एक्स्पोमा नेपाल, भारत, चिन, वंगालदेश, सिंगापुर लगायत देशकासमेत गरी करिब १५० स्टल रहने जानकारी गराउनुभयो ।

प्रभात रुंगटा-संयोजक, नेपाल फर्मा एक्स्पो २०२४
सन्तोष बराल-मिडिया संयोजक, नेपाल फर्मा एक्स्पो २०२४

एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले औषधि उत्पादन प्रयोगमा ल्याइएका धेरै किसिमका नयाँ प्रविधिलाई एक्स्पोमा देखाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्