Logo
|
Sunday 19th May 2024
Logo

epaper

विश्वका एक सय बढी देशमा रहेको एडुरोमको इन्टरनेट सेवा वीर अस्पतालमा विस्तार



जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीर अस्पताल परिसरमा एडुरोमको इन्टरनेट सेवा विस्तार भएको छ । सीमित क्षेत्रमा मात्र उपलब्ध सेवालाई नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरईएन) ले विस्तार गरेको हो ।

यो सँगै एडुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु विर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापीत हुने भएको छ । यससँगै वीर अस्पतालका डाक्टर तथा अनुसन्धानकर्ताहरु एडुरोम जोडिएको नेपालको अर्को शैक्षिक तथा चिकित्साशास्त्र अध्ययन हुने संस्था साथै देश वाहिरका विश्वविद्यालयमा पुग्दा निःशुल्क रुपमा इन्टरनेटमा पहुँच स्थापति हुने भएको छ ।

एडुरोमको प्रयोगबाट विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान सम्बन्धी संस्था तथा उच्च शिक्षामा संलग्न शिक्षक तथा विद्यार्थीहरू एक संस्था बाट अर्को संस्थामा जाँदा आफ्नो शैक्षिक संस्थाको युजरनेम र पासवर्डबाट इन्टरनेटमा जोडिन सक्छन् ।

हाल १०० भन्दा बढी देशको सङ्घसंस्थाहरूमा एडुरोम सञ्चालनमा आइसकेको छ । नेपालमा समेत एनआरईएनले आठ वटा विश्वविद्यालय र थप ३० वटा शैक्षिक तथा अनुसन्धान संस्थामा एडुरोम स्थापित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्