Logo
|
Saturday 18th May 2024
Logo

epaper

स्वास्थ्य व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवण कुमार थापा, डा. सर्वेश वीरमा सरुवा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रिस्तरिय निर्णय गर्नुहुँदै डा. थापालाई व्यवस्थापन महाशाखाको निर्देशकमा नियुक्त गर्नुभएको हो । अर्थोपेडिक सर्जन डा. थापा यसअघि वीर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

यसअघि महाशाखाको निर्देशक रहनुभएका डा. सर्वेश शर्मालाई वीर अस्पतालमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्