Logo
|
Saturday 27th July 2024
Logo

epaper

स्वदेशमा नै औषधिको उत्पादन बढाउनुपर्छ : मुख्यमन्त्री यादव



जनस्वास्थ्य सरोकार, जनकपुरधाम  । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले औषधिमा प्रदेशलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नका लागि व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल औषधि व्यवसायी संघ धनुषाको नव निर्वाचित पदाधिकारीहरूको आज जनकपुरधाममा आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री यादवले औषधिका उद्योग स्थापनाका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनुभयो ।

उहाँले अहिले पनि धेरै प्रकारको औषधिहरू बाहिरबाट ल्याउनुपर्ने बाध्यता हाम्रो सामु रहेको उल्लेख गर्नुहुँदै प्रदेश सरकारले सबै प्रकारको कर छुट गर्न तथा उद्योग स्थापनाका लागि सहज वातावरण बनाउनका लागि तयार भएको बताउनुभयो ।  

कार्यक्रममा औषधि व्यवसायी संघ धनुषा शाखाका नव निर्वाचित अध्यक्ष प्रमोद कुमार अग्रवालको अध्यक्षतामा नव निर्वाचित कार्यसमितिले आज पद तथा गोपनीयताको शपथ लिएको छ ।     

कार्यक्रममा मधेश प्रदेशका प्रदेशसभाका सदस्य राअशषि यादवले सङ्घमार्फत औषधि व्यवसायीहरूले पेशागत हकहितका साथै आम जनतालाई गुणस्तरीय औषधिको बिक्री वितरणमा विशेष ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले औषधि व्यवसायीहरूले गुणस्तरहीन औषधिको बिक्री वितरणमा विशेष निगरानी राख्नुपर्ने बताउनुभयो ।   

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, पूर्व अध्यक्ष बजरंग प्रसाद साह, राम जी साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महसेठ, लगायतका वक्ताहरूले शुभकामना दिनुभएको अनलाइन रेडियोनेपालमा अजय कुमार झाले सामाचार लेख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्