Logo
|
Saturday 27th July 2024
Logo

epaper

महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा. चन्द्रमणि पौडेल नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा. चन्द्रमणि पौडेल नियुक्त हुनुभएको छ ।

कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत डा. पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो।

क्याम्पसले गत साता विभागीय प्रमुखको जिम्मेवारी दिएसँगै उहाँले कार्यभार समेत सम्हालिसक्नुभएको छ । कार्डियो विषयमा डीएम गरेर भारतबाट इन्टरभेन्सनल कार्डियोलोजीमा फेलोसीप समेत हासिल गरिसक्नुभएका पौडेलसँग करिब २० वर्षको कार्यअनुभव छ।

प्रतिक्रिया दिनुहोस्