Logo
|
Wednesday 8th May 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिश कुमार देव नियुत्त



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिश कुमार देव नियुक्त भएका छन् ।

डा. सतिश कुमार देव

मन्त्रीपरिषदको सोमबारको बैठकले डा सतिश कुमार देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको सिफारिसमा काउन्सिलको रजिष्ट्रार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ । फागुन ८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको काउन्सिलको रजिष्टारमा डा. देवलाई सिफारिस गरेको थियो । पूर्व काउन्सिलका सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष हुनुहुन्थ्यो । उहाँ त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत हुनुहुन्छ । यसअघि काउन्सिलको रजिष्ट्रारमा डा.कृष्ण अधिकारी थिए।

प्रतिक्रिया दिनुहोस्