Logo
|
Sunday 19th May 2024
Logo

epaper

नेपाल मेडिकल शो एवं ल्याव प्रदर्शनी आजदेखि काठमाडौंको भृकुटी मण्डपमा शुरु

८०० भन्दा बढी ब्राण्ड र १००० भन्दा बढी उपकरण प्रदर्शनीमा



नेपाल हेल्थ न्युज, काठमाडौं । सातौं नेपाल मेडिकल शो एवं ल्याव प्रदर्शनी आजदेखि काठमाडौंको भृकुटी मण्डपमा शुरु भएको छ ।

नेपालका लागि यो सबैभन्दा ठूलो बिटुबी (बिजनेस टु बिजनेस) मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हो । गहृमन्त्री नारायणकाजी श्रेष्ठले प्रदर्शनीको उद्घाटन गर्नुभएको छ । केमसानको सहकार्यमा भएको प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुने छ ।


यो साना तथा ठूला कम्पनीहरूलाई एक अर्काबीच परिचय तथा सम्बन्ध बढाउँदै आफ्ना सृजनाहरू परिचित गराउने सुनौलो अवसर भएको केमसानका अध्यक्ष भक्त हमालले जानकारी दिनुभयो ।


नेपाल र भारतलगायत ८ देशका उत्पादकले आफ्ना ८०० भन्दा बढी ब्राण्ड र १००० भन्दा बढी उपकरण प्रदर्शनीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्