Logo
|
Sunday 19th May 2024
Logo

epaper

सातौं नेपाल मेडिकल शो एवं ल्याव प्रदर्शनीमा टेक्नोबायोमेडले उत्कृष्ट स्टल अवार्ड प्राप्त

प्रदर्शनीमा ३ सय भन्दा बढी स्टल राखिएको थियो



नेपाल हेल्थ न्युज काठमाडौं । सातौं नेपाल मेडिकल शो एवं ल्याव प्रदर्शनीमा टेक्नोबायोमेडले सन् २०२४ मा पनि उत्कृष्ट स्टल अवार्ड प्राप्त गरेको छ ।

हरेक वर्ष हुँदै आएको यस प्रकारको प्रदर्शनीमा सन् २०२३ मा पनि टेक्नो बायोमेडले उत्कृष्ट स्टल अवार्ड प्राप्त गरेको थियो ।

केमिल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन (केमसान) को संयोजनमा एसडी मिडिया प्रोमोको आयोजनामा भएको प्रदर्शनीमा ३ सय भन्दा बढी स्टल राखिएको थियो ।

फागुन १७ देखि १९ गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा भएको नेपालका लागि यो सबैभन्दा ठूलो बिटुबी (बिजनेस टु बिजनेस) मेडिकल, डाइग्नोस्टिक, ल्याबरेटोरी तथा विश्लेषणात्मक समाधानहरूको प्रदर्शनी हो । नेपाल, भारतलगायत ८ देशका उत्पादकले आफ्ना ८०० भन्दा बढी ब्राण्ड र १००० भन्दा बढी उपकरण प्रदर्शनीमा राखेका थिए ।


टेक्नोवायोमेड प्रा.लि.ले मुलुकमा भित्र्याएको रेन्डक्सको थर्डपार्टी क्वालिटी कन्ट्रोल र इक्युए प्रोग्रामले क्रान्ति नै ल्याइदिएको छ । यो विश्वव्यापी रूपमा प्रयोगमा आएको हाइली एक्रिडिटेड युकेको प्रोग्राम हो ।

टेक्नो बायोमेडले नेपालमा रेन्डक्ससहित ल्याबसँग सम्बन्धित ११ वटा मल्टिनेशनल ब्रान्डका सामान आधिकारिक रूपमा आपूर्ति गर्दै आएको छ । जसमध्ये मुख्य प्रायः कम्पनिहरू अमेरिकन गुणस्तर मान्यता प्राप्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्