Logo
|
Sunday 28th April 2024
Logo

epaper

‘नेपाली औषधिको गुणस्तरमा प्रश्न उठाउने ठाउँ नै छैन’- प्रशंसा श्रेष्ठ, क्वालिटी सर्कल संयोजक, एपोन



नेपाल हेल्थ न्युज काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म चितवनको प्रर्दशनी कक्षमा ‘नवौ नेपाल फर्मा एक्स्पो–२०२४’ हुँदैछ । एक्स्पोमा औषधिको उत्पादन कसरी हुन्छ र नेपाली औषधिको गुणस्तरबारे प्रदर्शनी हुने छ । एक्स्पो सम्बन्धमा एपोनकी क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठसँगको भलाकुसारी ।

स्वदेशीऔषधि कम्पनीका औषधिको गुणस्तरबारे बताइदिनुस् न ?
नेपालमा उत्पादित औषधिको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्डमा आधारित छन् । विश्व स्वास्थ्य संगठनको जिएमपी स्टान्डर्डमा औषधि उद्योग रहेका छन्। त्यसैले औषधिको गुणस्तरमा कञ्जुस्याई गरिएको छैन ।

प्रशंसा श्रेष्ठ

अहिले त औषधि व्यवस्था विभागबाट अनुमतिपत्र दिँदा नै गुणस्तरलाई कडाई गरिएको हुन्छ । त्यसैले नेपाली औषधिको गुणस्तरमा प्रश्न उठाउने ठाउँ नै छैन । पुराना र नयाँ दुवै फर्मास्युटिकल कम्पनीले गुणस्तरमा निकै ध्यान दिएको पाइन्छ । गुणस्तरका लागि राम्रो लगानी गरेका छन् ।

विश्वको तुलनामा नेपालका औषधि कस्तो छ ?
भारत विश्वको नम्बर वान औषधि उत्पादन गर्ने देश हो । भारत बल्ल विश्वस्तरको औषधि उत्पादन गर्ने मुलुकमा पर्दैछ भने हामी आफ्नै मिहनेत र बलवुताले औषधि उत्पादन गरिरहेका छौ । हामीलाई कतै सहयोग छैन । तैपनी हामीले औषधिको गुणस्तरमा सम्झौता गरेका छैनौ भारतमा विदेशी लगानी, प्रविधि हस्तान्तरण भएको छ । हामी अन्तर्राष्टिय स्तरमा पुग्न समय लाग्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डमा नेपाली औषधि पुगेको भन्न सकिन्छ त ?
नेपाली औषधि उद्योगहरुले विश्व स्वास्थ्य संगठन (डब्लुएचो) को मापदण्ड पुरा गरेको छन् । डब्लुएचो जिएमपी पुरानो उद्योग पनि नयाँ प्रविधि भित्र्याएर गुणस्तरीय औषधि उत्पादन गर्न लागिरहेका छन् । यद्यपी विश्व स्वास्थ्य सङ्गठनले बनाएको मापदण्डमा भने हामी पुगेका छौ ।

प्रतिक्रिया दिनुहोस्