Logo
|
Friday 26th July 2024
Logo

epaper

आर्थिक मन्दीको मारमा औषधि उद्योगः यस वर्ष ६ हजार २०० ले फर्मा एक्स्पोको अवलोकन गरे

सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै



नेपाल हेल्थ न्युज चितवन । नेपाल फर्मा एक्स्पोमा आर्थिक मन्दीको असर देखिएको छ । चितवनको भरतपुरमा नेपाल औषधि उत्पादक संघ (एपोन) ले यहि फागुन २५ गतेदेखि २७ गतेसम्म आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२४ मा अवलोकन संख्या लक्ष्य भन्दा कम भएको छ ।

एपोनका उपाध्यक्ष तथा मिडिया संयोजक सन्तोष बरालले आर्थिक मन्दी र अर्थ व्यवस्थामा देखिएको सुस्तताको असर फर्मा एक्स्पोमा प्रत्यक्ष देखिएको बताउनुभयो । “एक्स्पोमा मुलुकमा देखिएको आर्थिक मन्दीको असर देखियो” उहाँले भन्नुभयो, “हामीले सोचेजस्तो अवलोकनकर्ताको सहभागी एक्स्पोमा देखिएनन् ।”

उहाँका अनुसार एक्स्पोमा ६ हजार २०० जनाले अवलोकन गरेका छन् । जसमध्ये तीन हजार चिकित्सक,औषधि उद्योग, कर्मचारी तथा तीन हजार २०० जना उद्योगका कर्मचारी र मेडिकल विद्यार्थी रहेका छन् ।


एपोनले एक्स्पोमा करिव २५ हजार अवलोकन कर्ताले अवलोकन गर्ने लक्ष्य लिएको थियो । एक्स्पोमा नेपाल सहित भारत, सिंगापुर, वंगलादेशका करिव १ सय ६० भन्दा बढी स्टल राखिएको थियो ।


कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय नेपाली औषधि उद्योगले करिव चार अर्वको बजार हिस्सा गुमाएको तथ्यांक सार्वजनिक भएको थियो । गत बर्ष नेपाली औषधि उद्योगीहरुको झण्डै ३४ अर्बको औषधिको कारोबार भएको थियो । तर यो वर्ष २९ अर्ब ३६ करोड मात्र कारोबार भएको छ ।


औषधि उद्योगीहरु कोभिड महामारी लगत्तै देशको अर्थतन्त्रमा देखिएको संकट र यही समयमा सरकारले उद्योगीहरुका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै गएको एपोनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्