Logo
|
Saturday 27th April 2024
Logo

epaper

स्वास्थ्य क्षेत्रको गुणस्तरमा सम्झौता हुनु हुँदैनः प्रधानमन्त्री दाहाल



नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

आज चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री प्रचण्डले गुणस्तरका मापदण्ड पालना र कार्यान्वयनमा आयोगलाई क्रियाशील हुन आग्रह गर्नुभयो ।

बाहिरी देशबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा पद्धती आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा पनि उहाँको जोड छ ।

प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत भएको प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्