Logo
|
Tuesday 30th April 2024
Logo

epaper

लिगामेन्ट इन्जुरी: घुँडा भाँचिएपछि फेरि दौडन, खेल्न र आफ्नो दिनचर्यामा फर्कन सकिन्छ ?



लेखक -डा. सम्पदा श्रेष्ठ

नेपाल हेल्थ न्युज, काठमाडौं । खेलकुदका चोटहरूमा सबैभन्दा महत्वपूर्ण घुँडाको लिगामेन्ट (एसीएल) फुटेको उपचार विगतको तुलनामा अहिले आर्थोस्कोपी मार्फत धेरै सुरक्षित र राम्रो भएको छ । खेलाडीहरूको खेलकुद करियर मैदानमै समाप्त हुने समय गएको छ । लिगामेन्ट (एसीएल) फुटेपछि खेलाडीहरू उपचार गरेर मैदानमा खेल्न आउन सक्छन् ।

के हो लिगामेन्ट ?
वास्तवमा, लिगामेन्टहरू डोरी जस्तो फाइबरको समूह हो । यसले हड्डीलाई एकसाथ जोड्नुका साथै स्थिरता प्रदान गर्दछ । जसका कारण जोर्नीहरुले सहज रुपमा काम गर्छ ।

घुँडाको जोर्नी घुँडाको माथिको फेमर र तल टिबियाको हड्डीले बनेको हुन्छ । बीचमा दुईवटा टायर जस्तै मेनिस्कस (एक प्रकारको कुशन) हुन्छन् । दुई डोरी–जस्तै लिगामेन्ट (एन्टेरियर क्रुसिएट लिगामेन्ट र पोस्टरियर क्रुसिएट लिगामेन्ट) फेमर र टिबियालाई एकसाथ बाँध्छ र घुँडालाई स्थिरता प्रदान गर्दछ ।

छेउमा, अर्थात घुँडाको दुबै छेउमा, त्यहाँ डोरी जस्तो लिगामेन्टहरू हुन्छन । जसलाई कोलेटरल र मेडियल कोलेटरल लिगामेन्ट र लेटरल कोलेटरल लिगामेन्ट भनिन्छ । तिनीहरूको कार्य पनि क्रूसिएट जस्तै दुवै हड्डी बाँध्नु हो ।

एसीएल के हो ?
एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) घुँडाको एक महत्वपूर्ण भाग हो । यो लिगामेन्ट प्रायः खेलकुद चोट र दुर्घटनामा भाँचिन्छ । यसलाई च्यातिएको क्षेत्रमा पुनः जोड्ने र नयाँ लिगामेन्ट बनाउने प्रक्रियालाई एसीएल पुन निर्माण भनिन्छ । लिगामेन्ट भनेको तपाईंको शरीरमा बलियो तन्तुहरूको समूह हो । जसले हड्डीहरूलाई एकसाथ जोड्छ । एसीएल शल्यक्रिया घुँडाको आथ्र्रोस्कोपिक प्रक्रियाहरू मध्ये सबैभन्दा प्रभावकारी हो । यसले घुँडालाई स्थिरता प्रदान गर्दछ । फुटबल, बास्केटबल र स्कीइङ इत्यादिमा घुँडा तन्किएपछि लिगामेन्ट तन्किने र भाँच्ने अवस्था उत्पन्न हुन्छ । यस्तो अवस्थामा घुँडा सुन्निन्छ र दुःखाइ हुन्छ । घुँडा अस्थिर हुन्छ र हिड्न गाह्रो हुन्छ ।

आर्थोस्कोपी उपचार
आर्थोस्कोपीको शाब्दिक अर्थ शरीरको जोर्नीलाई कुनै उपकरणले हेर्नु हो । यसमा, पातलो धातुको ट्यूबको एक छेउ जोइन्ट भित्र घुसाइन्छ । यस ट्यूबमा लेन्सहरू हुन्छ । जसले भित्री भागहरूलाई म्याग्निफाइ गरी बाहिर देखाउँछन । आर्थोस्कोपी प्रक्रिया अन्तर्गत, जोर्नीलाई पहिले पानी भरेर ठूलो बनाइन्छ । ताकि जोर्नी भित्रका चीजहरू स्पष्ट रूपमा देखिन र शल्यक्रिया सजिलै गर्न सकिन्छ। आथ्र्रोस्कोपीको साथ, शल्यक्रियाको समयमा कुनै पनि प्रकारको संक्रमण नगण्य हुन्छ ।

अब आर्थोस्कोपीक विधिबाट खेलकुदको चोटपटकको सफलतापूर्वक उपचार गर्न सम्भव भएको छ । कुनै पनि फाटेको लिगामेन्टलाई शल्यक्रिया बिना आथ्रोस्कोप प्रयोग गरेर मर्मत वा पुननिर्माण गरिन्छ ।

घुँडाको खुकुलो शरीर (चोटको कारणले लिगामेन्टमा झरेको भागहरू) हटाइन्छ । फलस्वरूप, घुँडाको अस्थिरता हट्छ र दुखाइ हट्छ । यस्तो व्यक्तिको दैनिक दिनचर्या पुर्नस्थापित हुन्छ । यो आधुनिक विधि पीडारहित र सफल छ।

प्रतिक्रिया दिनुहोस्