Logo
|
Friday 27th December 2024
Logo

epaper

पिपलको पातको जुस सेवनले हृदयघातको जोखिम कम गराउने



गोपाल पाल्पाली आचार्य/आयुर्वेद वैद्य

पिपलको पात सेवनले हृदयघातको जोखिम कम गराउने विभिन्न अध्ययनहरुले देखाएका छन् । पिपलका पात कसरी सेवन गर्ने भन्नेबारे तपाईंलाई जिज्ञासा लाग्न सक्छ । यो जिज्ञासा मेटाउने कोशिस गरेको छु । यसका लागि १५ वटा पिपलको पात लिनुहोस् । पातहरु लिदा एकदमै कलिलो, कोपिला तथा एकदमै छिप्पिएको र प्वाल परेको नलिनुहोला । हरियो, कोमल, पूर्ण रुपमा विकसित भएका र किरा नलागेको राम्रो छानेर लिनुहोस् ।

प्रत्येक पातको माथिको टुप्पो र तलपट्टिको भेट्नो कैंचीले काटेर अलग गर्नुस् । पातको बीचको भाग लिइसकेपछि सफा पानीले राम्रोसँग पखाल्नुहोस् । त्यसपछि एक गिलास पानी (२२५ मिलिलिटर) राखेर मन्द आगोमा पकाउनुहोस् । पानी सुकेर एक तिहाई (७५ मिली) मात्र बाँकी रहन्छ । तब सफा कपडाले छान्नुहोस् र सेलाउन दिनुहोस् । काढा तयार भयो ।

यसरी तयार भएको काढालाई तीन खुराक (७५/३ = २५ मिलिलिटर) मा विभाजन गर्नुहोस् । त्यसपछि एकपटकमा २५ मिलीका दरले दिनमा तीन पटक सेवन गर्नुहोस् ।

हृदयघात भएको केही दिनपछि लगातार १५ दिनसम्म यसलाई सेवन गर्नाले हृदय पुनः स्वस्थ हुनेछ । ब्लकेजहरु खुल्नेछन् । फेरि हृदयाघात हुने जोखिम निकै कम हुन्छ ।
मुटुको रोगीहरुले यो घरेलु उपचार एकपटक अवश्य गर्नुहोला ।

  • पिपलको पातमा मुटुलाई तागत तथा शान्ती दिने अद्भुत क्षमता हुन्छ ।
  • उक्त पिपलको काढालाई तीन खुराक बनाएर बिहान ८ बजे, ११ बजे र दिउसो २ बजे गरी प्रत्येक ३ घण्टाको फरकमा लिँदा बढी प्रभावकारी हुन्छ ।
  • काढा सेवन गर्दा पेट एकदम खाली हुनु हुँदैन । तसर्थ हल्का सुपाच्य नास्ता खाएको ५–७ मिनेट पछि सेवन गर्नुपर्छ ।
  • प्रयोगकालमा तेलमा तारेको पदार्थ, माछामासु तथा ज्यादा मसालादार पदार्थ निषेध छ । प्रशोधित तेलको प्रयोग भुलेर पनि नगर्नुहोला । खाना बनाउदा शुद्ध आलस वा शुद्ध गाइको घ्यू उत्तम हुन्छ । तोरीको तेल (प्रशोधन नगरेको) पनि सेवन गर्न सकिन्छ ।
  • त्यस्तै अण्डा, जाँड रक्सी, धूम्रपान पनि पुर्ण निषेध छ । ज्यादा नुनिलो, चिल्लो तथा चामल पनि बन्द गर्नुहोस् । सुख्खा रोटी, तरकारी, फलफूल तथा सागसब्जीको सेवन उत्तम हुन्छ ।
  • अनार, मेवा, अमला, बेथे, लसुन, मेथी, स्याउको मुरब्बा, मौसमी, रातमा भिजाएर राखेको चना, किशमिश, दहि र मोहि फाइदाजनक छ ।

आधुनिक मेडिकल साइन्सले गरेको रिसर्च पेपर हेर्न यहाँ क्लिक गर्नुहोस्

अर्को लिंक पनि हेर्नुहोस्

(लेखक आचार्य सुयोग आयुर्वेद फर्मा, भरतपुर–२ मा कार्यरत हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्