Logo
|
Monday 20th May 2024
Logo

epaper

नेपाल सरकारलाई स्वास्थ्य क्षेत्र सुधारका लागि एक करोड ८८ लाख अमेरिकी डलरको परियोजना प्राप्त

जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपाल सरकारले स्वास्थ्य क्षेत्र सुधारका लागि एक करोड ८८ लाख अमेरिकी डलरको परियोजना प्राप्त गरेको छ ।

सो रकम ‘प्यान्डामिक फन्ड’ ‘स्पिड’ परियोजना अन्तर्गत प्राप्त गरेको हो ।

नेपाल सरकारको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र एफएओको संलग्नतामा परियोजना तीन वर्ष चल्ने छ । अनुदानमा आधारित यो परियोजना १७९ आवेदकबाट नेपाल पनि छनोट भएको थियो । परियोजनाको रकम जनशक्ति उत्पादन, प्रयोगशाला विस्तार र सुधारलगायत क्षेत्रमा खर्च गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी गराउनुभयो ।

बिहीबार नेपाल सरकार, युनिसेफ, विश्व स्वास्थ्य सङ्गठन र अन्य साझेदार संस्थाका पदाधिकारीको उपस्थितिमा स्पिड’ परियोजनाको शुभारम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्