Logo
|
Friday 26th July 2024
Logo

epaper

नीति तथा कार्यक्रमः स्वास्थ्यका कस्ता–कस्ता विषय समेटिए ?



नेपाल हेल्थ न्युज, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा समावेश भएका योजनाका आधारमा सरकारले बजेट छुट्याउने गर्छ । 
यस्ता छन् स्वास्थ्यका विषय

  • सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वतविद्यालयमा तीन सय शय्या क्षमताको मेडिकल कलेज र प्राज्ञिक कार्यक्रम यसैवर्ष सञ्चावलनमा ल्याइनेछ। उदयपुर, मोरङ, पर्सा, चितवनलगायतदेशका अन्य स्थानमा मेडिकल कलेज स्थापना तथा सञ्चारलनका लागि आवश्यक तयारी गरिनेछ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठागनमा यसै वर्षदेखि चिकित्साशास्त्र  सङ्का यको स्नातक तहको कक्षा सुरु गरिनेछ। पूर्वाञ्चशल विश्वसविद्यालय अन्तर्गत अस्पताल सञ्चा लनको तयारी गरिनेछ।
  •  तीनै तहका स्वास्थ्य सेवा प्रणाली, भौतिक पूर्वाधार, जनशक्ति र स्रोतसाधनको एकीकृत एवम् समन्वयात्मक परिचालन गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिनेछ।सङ्घय, प्रदेश र स्थानीय तहबाट प्रवाह हुने स्वास्थ्यसेवाको वर्गीकरण गरिनेछ। 
  • सङ्घीतय अस्पतालहरूलाई कार्यबोझको आधारमा पुन:संरचना गरिनेछ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायत पर्याप्तअ जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुईसिफ्टमा बहिरङ्गप सेवा सञ्चाएलन गरिनेछ। कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नकति गरी सुविधासम्पन्नर बनाइनेछ। सहिद गङ्गाधलाल राष्ट्रिनय हृदय केन्द्रलाई हृदयरोग सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गरिनेछ। 
  • निर्माणको चरणमा रहेका आधारभूत अस्पतालको निर्माण कार्य शीघ्र सम्पन्न  गरिनेछ। खरिद प्रक्रिया सम्पन्नल हुने चरणमा रहेका अस्पतालको निर्माण सुरु गरिनेछ। प्रदेशतहमा रहेका सङ्घी य अस्पताल वा स्वास्थ्य विज्ञान प्रतिष्ठाुनलाई क्रमश: ५ सय शय्यामा स्तरोन्नोति गरिनेछ। मानवअङ्गप प्रत्यारोपण संस्था र सेवाको स्तरोन्नोति गरी विस्तार गरिनेछ।
  • सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चानलन गरिनेछ। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नि:शुल्क स्क्रिनिङ कार्यक्रम र दसदेखि चौधवर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिनेछ। परोपकार प्रसूति तथा स्त्रीय रोग अस्पतालमा जन्मजात विकलाङ्गर वा असाधारण प्रकृतिका अवस्था पहिचान गर्न भ्रूण तथा नवजात शिशु परीक्षण सेवा सुरु गरिनेछ। 
  • सबै अस्पतालहरूमा जेरियाट्रिक वार्डको प्रबन्ध मिलाई ज्येष्ठ् नागरिकहरूलाई सहज रूपमा स्वास्थ्यसेवा प्राप्त् गर्नसक्ने व्यवस्था मिलाइनेछ। प्रत्येक प्रदेशका कम्तीमा एक सङ्घीमय अस्पताल र कम्तीमा दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चाालन गरिनेछ।
  •  सङ्घीअय एवम् प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवम् सेवाप्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइनेछ। एकै किसिमको परीक्षण पटक पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाहरूको विद्युतीय अभिलेख राख्नेअ व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था गरिनेछ। 
  • महामारी रोकथाम र नियन्त्रण तथा स्वास्थ्य आपत्‌कालीन अवस्थाको पूर्वतयारी र प्रतिकार्यका लागि जनस्वास्थ्य निगरानी प्रणाली सुदृढ गरिनेछ। सीमा नाका तथा प्रवेश बिन्दुमा स्वास्थ्य जनशक्तिको व्यवस्था गरिनेछ। नसर्ने रोग रोकथाम गर्न छुट्टैसंस्थागत व्यवस्था गरिनेछ। पशुपन्छी, वनस्पति र वातावरणबाट मानव स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असर न्यून गर्न “एक स्वास्थ्य नीति”मा आधारित कार्ययोजना कार्यान्वयन गरिनेछ।
  • देशभरका सरकारी, गैरसरकारी लगायत सबै संगठित क्षेत्रलाई स्वास्थ्य बिमामा अनिवार्य आबद्ध हुने व्यवस्था गरिनेछ। औषधीको समुचित प्रयोग तथा सुरक्षित खाद्य उपयोग सुनिश्‍चित गर्नखाद्य तथा औषधी नियमनको संस्थागत व्यवस्था गरिनेछ। औषधीर औषधीजन्य सामग्री, स्वास्थ्य उपकरण, सौन्दर्य प्रसाधन सामग्री तथा औषधीपूरक पोषण पदार्थहरूको गुणस्तर परीक्षण र नियमन व्यवस्थालाई थप प्रभावकारी बनाइनेछ। औषधीको गुणस्तर जाँचको व्यवस्थासहित राष्ट्रि य औषधी प्रयोगशालाको क्षमता वृद्धि गरिनेछ। 
  • वैकल्पिक एवम् प्राकृतिक तथा परम्परागत चिकित्सा पद्धतिको अनुसन्धान, विकास र विस्तार गरिनेछ। आधारभूत आयुर्वेद औषधीको उत्पादनमाआत्मनिर्भरता हासिल गरिनेछ। नागरिक आरोग्य कार्यक्रमलाई समुदायस्तरसम्म विस्तार गरिनेछ।
  • सार्वजनिक प्रशासन, शिक्षा, स्वास्थ्य, पर्यटन र सामाजिक विकासको क्षेत्रमा योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाज निर्माण गर्न सङ्घ , प्रदेश र स्थानीयस्तरमा योग र ध्यानको स्वजागरण अभियान सञ्चाशलन गरिनेछ। योग र ध्यानको सन्देश विश्वरभर फैलाउने गरी योगध्यान पर्यटन प्रवर्द्धन गरिनेछ।
  • लागु औषध दुर्व्यसनको रोकथाम तथा नियन्त्रण, अवसाद¸ मानसिक चिन्ता तथा मनोरोगको नियन्त्रण¸ आत्महत्या रोकथाम लगायतका मानसिक स्वास्थ्य प्रवर्द्धनात्मक क्रियाकलापहरूलाई प्राथमिकतासाथ समुदायस्तरमा सञ्चा्लन गरिनेछ।
  • जनसङ्‍ख्या नीतिको परिमार्जन गरी जनसङ्ख्या र बसाइँ-सराइसम्बन्धी बहुक्षेत्रीय कार्ययोजना तर्जुमा गरिनेछ।

प्रतिक्रिया दिनुहोस्