Logo
|
Monday 17th June 2024
Logo

epaper

नेपालमा कोरोनाको नयाँ भेरियन्ट केपी.१ र केपी.२ पुष्टि



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ सब भेरियन्ट केपी पुष्टि भएको छ ।

गएको दुई महिनायता देशभर कोभिड–१९ पुष्टि भएका ४२ जनाको नमुनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनामा ओमिक्रोन भेरियन्टको सब भेरियन्ट केपी वान र १७–जनामा केपी टू पुष्टि भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । यस्तै एक जनामा केपी थ्री र एक जनामा केपी फो सब भेरियन्ट देखिएको छ ।

यसअघि नेपालमा ओमिक्रोन भेरियन्टको जे एन भेरियन्टको विभिन्न सब भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय देखिएको केपी सब भेरियन्ट भने सिङ्गापुरलगायत केही देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाले सूचनामा केपी सब भेरियन्ट अत्यधिक चाँडो फैलनसक्ने उल्लेख गरेको छ । अरू देशको अनुभवअनुसार केपी सब भेरियन्टको लक्षण अन्य भेरियन्टको तुलनामा खासै फरक छैन ।

यो भेरियन्टमा नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जीउ दुख्ने, कमजोरीपनजस्ता पुरानै लक्षण देखिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्