दाँतको उपचार गराउन प्रधानमन्त्री प्रचण्ड पुनः वीर अस्पतालमा
नेपाल हेल्थ न्युज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि पुनः वीर अस्पताल जानुभएको छ ।
उहाँको दाँतमा आरसीटी (रूट क्यानल ट्रिटमेन्ट) गरिएको छ। अस्पतालको दन्त विभागबाट प्राप्त जानकारीअनुसार, प्रधानमन्त्री प्रचण्डका ४ वटा दाँत भरिएको छ। ती दाँतमा अहिले क्राउन हाल्ने काम गरिँदै छ।
गत वैशाख २६ गते बिहानैदेखि दाँत दुख्न थालेपछि उहाँ उपचारको लागि वीर अस्पताल पुग्नुभएको थियो । आज उहाँ पुनः फलोअपका लागि पुग्नुभएको हो ।