Logo
|
Saturday 27th July 2024
Logo

epaper

बीएन्डसी सहित झापाका ६ वटा अस्पतालमा निःशुल्क डाइलाइसिस सेवा



नेपाल हेल्थ न्युज, काठमाडौँ । झापाका छ वटा अस्पतालबाट मिर्गौला रोगीका बिरामीले निःशुल्क हेमोडाइलासिस सेवा पाउन थालेका छन् । आजदेखि विर्तामोडको बीएन्डसी टिचिङ हस्पिटलमा पनि यो सेवा सुरु भएको छ ।

नेपाल सरकारद्वारा सञ्चालित विपन्न नागरिक उपचार कोष अन्तर्गत निःशुल्क हेमोडाइलासिस सेवा प्रदान गरिदै आइएको छ ।

झापाका बीएन्डसी टिचिङ अस्पतालसहित ओमसाई पाथिभरा हस्पिटल, प्रादेशिक अस्पताल, लाइफलाइन अस्पताल, मनमोहन सामुदायिक अस्पताल र पूर्णटुंग बिर्तासिटी अस्पतालमा यो सेवा सुरु गरिएको हो ।

अस्पतालहरुमा हेमोडाइलासिस सेवा विस्तार भएसँगै पूर्वी नेपालको झापा, इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला रोगीहरुले हेमोडाइलासिसका लागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्