Logo
|
Saturday 27th July 2024
Logo

epaper

अगापे डायग्नोष्टिकः ३० वर्षदेखि आफैं ल्याव उपकरण र रि—एजेन्ट्स किट उत्पादन र बजारीकरणमा

गत वर्ष मात्र ६० मिलियन युएस डलरको कारोबार



अस्पताल तथा स्वास्थ्य प्रयोगशालाका स्वास्थ्य सामाग्री उत्पादन गर्ने भारतको दोस्रो ठूलो म्यानुफ्याक्चरिङ कम्पनि अगापे डायग्नोष्टिक प्रा.लि.का उत्पादन नेपालमा बजारीकरण शुरू भएको एक दशक पुगिसकेको छ । नेपाली बजारमा यो कम्पनि टप १० भित्र नै छ जसमा नेफ्लोमेन्ट्री पहिलो स्थानमा र ओपन बायोकेमेष्ट्री पाँचौ स्थानमा भएको पाइन्छ । अघिल्लो वर्ष मात्र उद्योगले ६० मिलियन युएस डलर अर्थात ५ सय करोड बराबरको कारोबार गरेको थियो ।

सन् १९९५ मा स्थापना भई बायोकेमेष्ट्री केमिकल उत्पादन गर्दै शुरुवात् गरेको कम्पनि हाल नेफ्लोमेन्ट्री केमिकल तथा उपकरण, हेमाटोलोजी केमिकल तथा उपकरण, कोगुलेसन केमिकल तथा उपकरणको उत्पादन गरी संसारमा आफ्नो अव्वल पहिचान बनाउन सफल भइसकेको छ ।

यो सँगसँगै हालै कम्पनिले जापानीज कम्पनि क्युजिरी बायोसँग टाइअप गरी इम्युनोलोजीको केमिकल तथा उपकरण उत्पादन गर्ने भारतको पहिलो कम्पनि बनेको छ जुन हालसालै १० अप्रिल २०२४ बाट केमिकल उत्पादनको शुरूवात पनि भइसकेको छ । अगापेको अहिलेको उत्पादन क्षमता प्रति महिना २.५ देखि ३ लाख किट्स रहेको छ । जुन आज ९० देशमा बिक्रीवितरण गर्दै आएको छ । बजारीकरणका लागि अगापेले १० देशमा डाइरेक्ट स्टाफ राखेको छ ।

थोमस जोन—प्रबन्ध निर्देशक, अगापे डायग्नोष्टिक प्रा.लि.

‘ल्याव उपकरण र रि—एजेन्ट्स किटको गुणस्तरमा सम्झौता गर्दैनौं किनभने यसमा सही डायग्नोष्टिकको आधारमा बिरामीले सही उपचार प्राप्त गर्नुपर्छ । यसमा मानव जीवनमरणको सवाल जोडिएको छ । हरेक वर्ष हामीले बिक्री भएको आम्दानीको ६ प्रतिशत रिसर्च एण्ड डेभलप्मेन्ट (आरएण्डडी) मा खर्च गर्दै आएका छौं ।’

ग्राहकको मन जित्ने भनेकै क्वालिटी

सुमन थापा, कन्ट्री म्यानेजर (नेपाल) / अगापे डायग्नोष्टिक प्रा.लि.

थापाले आइभिडी (इनभिट्रो डायग्नोष्टिक) को क्षेत्रमा काम शुरू गरेको एक दशक बितिसकेको छ । सन् २०१४ बाट उहाँले टुलिप ग्रुप अफ कम्पनिजको कोरल क्लिनिकल सिस्टमबाट आफ्नो करियर शुरू गर्नुभएको थियो । उहाँको जिम्मेवारीमा क्लिनिकल सिस्टम, मार्केटिङ, क्वालिटी, कस्टोमर सपोर्ट, रि—एजेन्टस्, बजारमा आउनसक्ने समस्या समाधान आदि सबै पर्छन् । थापा निकै मिहिनेती हुनुहुन्छ । दुई वर्ष त्यहाँ काम गरेपछि सन् २०१७ को मार्च अन्तिमतिर अगापेमा सेल्स अफिसरको रूपमा अवसर पाउनुभयो । तीन वर्षपछि उहाँलाई अगापेले नेपालको लागि कन्ट्रि म्यानेजरको जिम्मेवारी दियो । हाल उहाँको मातहतमा ५ जना स्टाफ रहेका छन् ।

थापा भन्नुहुन्छ—सामुहिक समन्वयका कारण कम्पनिका उत्पादनले राम्रो बजार ओगट्न सफल भएको छ । कोल्ड चेन मेन्टेन र सेवा प्रदायक संस्थालाई समयमा रि—एजेन्ट्स उपलब्ध गराउने इम्पोटर्सहरूको इमान्दारिताका कारण उपभोक्ताले गुणस्तरीय सेवा पाउन सफल भएका छन् । ‘नेपालमा अगापेले बजारीकरण शुरू गरेको पनि १० वर्षको बीचमा बजारमा राम्रो स्थान हाँसिल गर्न सफल भएका छौं ।’—उहाँ भन्नुहुन्छ ।

नयाँ प्रोडक्ट थपिके क्रम बढ्दो छ । ग्राहकको मन जित्ने भनेकै क्वालिटीले हो । कच्चा पदार्थदेखि भण्डारणसम्म गुणस्तरीयता मेन्टेन गर्नु चानचुने कुरा होइन ।

प्रतिक्रिया दिनुहोस्